दफा ३५
मूल ऐनमा दफा ५२क. थप

मूल ऐनको दफा ५२ पछि देहायको दफा ५२क. थपिएको छ :–
“५२क. विशेषज्ञ साक्षी बुझ्ने व्यवस्था :- (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएका
भए तापनि विशेषज्ञ साक्षीको बकपत्रको लागि तोकिएको दिन बकपत्र गर्न
उपस्थित हुन नसक्ने भई सोही व्यहोराको लिखित जानकारी प्राप्त भएमा
अदालतले त्यस्तो विशेषज्ञलाई उपयुक्त समयमा बकपत्रको लागि उपस्थित हुन
आदेश दिन सक्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल सरकारवादी भएको जघन्य वा गम्भीर फौजदारी कसूर सम्वन्धी कुनै मुद्दामा विशेषज्ञ राय व्यक्त गर्ने विशेषज्ञको मृत्यू भएमा वा अन्य कुनै कारणले निजलाई बुझ्न सक्ने अवस्था नभएमा र विशेषज्ञलाई नबुझी नहुने भएमा सोही विषयको अर्का विशेषज्ञबाट बिशेषज्ञ राय बुझ्न सकिनेछ ।”